दफा १५२
तेस्रो पक्षको बीमा
(१) सवारीको दुर्घटनाबाट कुनै तेस्रो पक्ष वा निजको कुनै सम्पत्ति कुनै किसिमले नोक्सान भएमा सो नोक्सानीको क्षतीपूर्ति दिने प्रयोजनका लागि सवारी धनी वा व्यवस्थापकले तोकिएको रकमको तेस्रो पक्षको बीमा गराउनु पर्छ ।
(२) सवारी दुर्घटनाबाट कुनै तेस्रो पक्ष वा निजको कुनै सम्पत्ति नोक्सान भएमा सो नोक्सानीको क्षतीपूर्ति बापत उपदफा (१) बमोजिमको रकम निज वा निजको हकवालाले पाउनेछ ।
(३) उपदफा (१) बमोजिम तेस्रो पक्ष वा कम्प्रिहेन्सीभ बीमा नगराई चलाएको सवारी दुर्घटनाग्रस्त भई कुनै तेस्रो पक्ष वा निजको सम्पत्ति नोक्सान भएमा नोक्सानी बापत तेस्रो पक्ष वा निजको हकवालाले पाउनु पर्ने उपदफा (१) बमोजिमको बीमा रकम निज वा निजको हकवालालाई सवारी धनी वा व्यवस्थापकले क्षतिपूर्ति बापत दिनु पर्छ ।